पार्टी बैठकमा ओलीको ब्रिफिङ- प्रचण्डको अभिव्यक्ति सत्ता बाहिर निस्कनुको पीडामात्रै

पार्टी बैठकमा ओलीको ब्रिफिङ- प्रचण्डको अभिव्यक्ति सत्ता बाहिर निस्कनुको पीडामात्रै

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्ति सत्ता बाहिर निस्किएपछिको पीडामात्र भएको बताएका छन्। मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा उनले श्रीलंका र बंगलादेश हुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएका हुन्।

माओवादी अध्यक्ष प्रचण्डले नेपाल पनि श्रीलंका र बंगलादेश बन्ने अभिव्यक्ति दिँदै आएका छन्। माओवादीको जारी परामर्श बैठकमा प्रचण्डले कांग्रेस-एमाले गठबन्धनप्रति शंका व्यक्त गर्दै उक्त अभिव्यक्ति दिइरहेका छन्। 

त्यसो त प्रधानमन्त्री ओलीले गत शनिबार प्रचण्डको उक्त अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका थिए। उनले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताएका थिए। उनले प्रचण्डलाई नै श्रीलंका र बंगलादेशबाट सिक्न सुझाव दिएका थिए।

त्यस्तै बैठकमा ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा वार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमको भनाइ छ। वार्षिक कार्ययोजनामा पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कनलगायत समावेश छन्।

त्यस्तै सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्‍याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

त्यस्दै कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको गौतमले बताए। कार्ययोजनामाथि बुधबार सदस्यहरूले धारणा राख्ने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.