पोखरीमा पुरुषको शव
![पोखरीमा पुरुषको शव](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_w4G0IQREYJ_aLoZIbcGsw.jpg)
विराटनगर : मोरङको धनपालथानमा रहेको पोखरीमा शनिबार बिहान पुरुषको शव फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनपालथान गाउँपालिका–६ का ३५ वर्षीय मनोज सहनीको शव फेला परेको बताए। पिण्डेश्वरी शिव मन्दिरको पोखरीमा तैरिरहेको र घोप्टो परेको अवस्थामा बिहान ६ बजेतिर शव भेटिएको जानकारी उनले दिए।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्मार्टमका लागि पठाएको थियो। रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको शव परिवारका सदस्यले लगेर अन्त्येष्टि गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)