सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद

सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद
सुन्नुहोस्

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ। 

भारत लैजाँदै गर्दा सशस्त्रले शुक्रबार राति ८:३० बजेतिर लगभग सवा क्विन्टल गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार १ सय २० किलोग्राम गाँजा बरामद भएको छ। को २ ह ४०४१ नम्बरको अटो टेम्पोमा राखेर भारत कटाउन लागिएको अवस्थामा गाँजा फेला परेको उनले बताए। 

उनका अनुसार गाँजा प्लाष्टिकको ३ वटा बोरामा प्याक गरिएको थियो। सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। 

खानतलासी गर्दा गाँजा फेला परेसँगै अटो चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय दिनेश राईलाई पक्राउ गरिएको एसपी खड्काले बताए। अटो चालक राई पक्राउ परे पनि अटोमा सवार रहेका अर्का १ जना फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
 
बरामद भएको गाँजा, नियन्त्रणमा लिएको अटो र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्रले जानकारी दिएको छ। रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.