संसदमा कांग्रेस सांसदको माग

उपसभामुखले पदीय मर्यादाविपरीत काम गर्नु भएको छ, तत्काल राजीनामा दिनुपर्छ

उपसभामुखले पदीय मर्यादाविपरीत काम गर्नु भएको छ, तत्काल राजीनामा दिनुपर्छ
सुन्नुहोस्

काठमाडौं : सत्तासीन दल नेपाली कांग्रेसका सांसदहरूले पदबाट राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न उपसभामुख इन्दिरा राना मगरसँग आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसदहरूले उपसभामुखले  पदीय मर्यादाविपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।

कांग्रेस सांसद प्रतिमा गौतमले उपसभामुखले पदको दुरूपयोग गरेकाले नैतिकताले पदमा बसिरहन नदिने बताइन्। 'उपसभामुखमाथि प्रश्न उठेका छन्। प्रश्न इन्दिरा राना मगरमाथि होइन्। उपसभामुख इन्दिरा राना मगरको हो। उपसभामुख पदीय जिम्मेवारीको मर्यादाको कुरा हो। यो पदमा बसेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरूपयोग र गम्भीर अपराध हो,'उनले भनिन,' उपसभामुखले गत साउन ४ गते स्पष्टिकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नु भएको छ।'

उनले सभामुखको विषयलाई लिएर सदनमा करुणा, संख्या र महिलाको कुरा उठेको भन्दै  विषय संविधान र कानुनले  व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा भएको तर्क गरिन्।  'आज सदनमा करुणाको कुरा उठ्यो। संख्याको कुरा पनि उठ्यो। महिलाको कुरा पनि उठ्यो। तर, यहाँ विषय करुणा,संख्या र महिलाको कुरा होइन,उनले भनिन्,' संविधान र कानुनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा हो।  जब पदीयमान हुँदैन तब लोकतन्त्रमा संख्याले आफ्नाो काम गर्छ। मेरो उपसभामुखलाई आग्रह छ -तपाईंले इमानको मानक राख्नुहोस्। मार्ग प्रशस्त गर्नुहोस् उपसभामुखको पदबाट राजीनामा दिनुहोस्।'

यसैगरी कांग्रेस कांग्रेस सांसद शान्ति परियारले उपसभामुखले आफूमाथि उठेको विषयलाई गम्भीरुपमा लिएर मार्गप्रशस्त गर्नुपर्ने बताइन्। ' उपसभामुखजस्तो पदमा बसेर उहाँले  पदीय मर्यादाविपरीत काम गर्नु भएको छ। उपसभामुख भनेको देशको प्रतिष्ठासँग जोडिएको छ। देशको मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि जोडिएको छ। विवादमा आइसकेपछि मार्ग प्रशस्त गरिँदा राम्रो हुन्छ जस्तो लाग्छ,'उनले भनिन्,'प्रतिष्ठासँग जोडिएपछि गम्भीरतापूर्वक लिएर मार्गप्रशस्त गर्न आग्रह गर्न चाहन्छु।'

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरूले उपसभामुखले राजीनामा दिनुपर्ने माग गरेका थिए। आज बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेको ठहर गर्दै राजीनामा माग गरेको छ।

०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा चारजना पुरुष र एकजना महिला थिए। यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्।

उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा,सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। उनले आफूलाई तिनीहरूमध्ये एकजनाले विशेष आग्रह गरेकाले पत्र लेखेको स्पष्टीकरण दिँदै आएकी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.