प्रतिनिधिसभा बैठक

१० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोशिस भइरहेको : शक्तिबहादुर बस्नेत

१० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोशिस भइरहेको : शक्तिबहादुर बस्नेत

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले  १० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोशिस भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका सांसदहरूबाट नै १० वर्षे माओवादी नेतृत्वको जनयुद्धलाई अमपानित हुनेगरी विचारहरू व्यक्त हुनु दु:खद भएको बताए।

जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रुपमा परिभाषित गरेको भन्दै उनले उक्त तथ्यलाई सत्तापक्ष दलका सांसदहरूले उपेक्षा गर्दै जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गर्ने काम उपयुक्त नभएको जिकिर गरे।

'सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरू १० वर्षको माओवादी केन्द्रको नेतृत्वको जनयुद्ध संघर्षलाई अपमानित गर्नेगरी  व्यक्त भएका विचारहरूप्रति दलको तर्फबाट असहमति, आपत्ती र विरोध छ। उनले भने,'सहर्ष संघर्षको मूल्य मान्यता, विस्तृत शान्ति संझौता र संविधानको भावनालाई लान्क्षित र अपमानित हुनेगरी व्यक्त भएका विचार मान्य हुँदैनन्।'

सत्तपक्षबाट शान्ति प्रक्रियाका विरुद्ध अभिव्यक्ति आउने, संविधान संशोधनका नाममा अधिकार कटौती गर्ने र संवैधानिक परिषदको संख्याका आधारमा उपसभामुखलाई हटाउने खेलको माओवादीले कडा रुपमा प्रतिवाद गर्ने उनले बताए।

उनले जनयुद्धका सन्दर्भमा आएको हिंसा शब्दका विषयमा सत्तारुढ दलको बुझाइको पनि थप स्पष्टता माग गरे। बस्नेतले आफ्ना मुद्दाहरूलाई यथावत राख्दै सदनलाई सुचारु गराउने पार्टीको निर्णय भएको जिकिर गरे।

भदौ १२ गते प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्दप्रति माओवादी केन्द्रले विरोध गरेको हो। हिंसा शब्द असंसदीय भन्दै संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको  थियो। तर सभामुख देवराज घिमिरेले हिंसा शब्द असंदसीय नभएको र रेकर्डबाट हटाउन आवश्यक नभएको रुलिङ गरेपछि माओवादीले संसद बैठक अवरुद्ध गरेको थियो।

सोही शब्दलाई लिएर माओवादी केन्द्रले अवरोध गर्ने बताएपछि आइतबारको संसद बैठक बस्दै नबसी स्थगित भएको थियो।
शान्ति संझौता नेपालको संविधान र शान्ति प्रक्रियाको भावना र जनयुद्धको भूमिकालाई अपमानित गर्नेगरी यहाँ व्यक्त भएका विचारहरूलाई दलको सहमति आपत्ती र  विरोध कायम रहेको जानकारी गराउन चाहन्छु।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.