किन देखिँदैन ‘जितिया’ पात्रोमा ?

किन देखिँदैन ‘जितिया’ पात्रोमा ?
फाइल तस्बिर।
सुन्नुहोस्

मधेसी तथा थारु समुदायले मनाउने जितिया ब्रतको वर्णन विभिन्न हिन्दू धर्मग्रन्थ र पुराणहरूमा पाइन्छ। महाभारतमा द्रौपदीलाई धौम्य ऋषिले जितिया ब्रतको महत्व र यसको पालना गर्ने विधिहरू सिकाएका छन्। भविष्य पुराणमा शालिवाहन राजाको पुत्र जितमहान रहेको र उनीमाथि महादेवको असीम कृपा रहेको बताएको छ। त्यसैगरी ब्रह्मवैवर्त पुराणमा पनि जितियाको महत्व उल्लेख गरिएको छ। यो विशेषगरी माताहरूले आफ्ना सन्तानको कल्याण र सुरक्षा सुनिश्चित गर्नका लागि कठोर उपवास गरी पालन गर्ने धार्मिक अनुष्ठान हो। 

हरेक वर्ष आश्विन कृष्ण सप्तमी तिथिका दिन (यस वर्ष असोज ७ गते सोमबार) ब्रतालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पिना र तेल राखेर जितमहान देउतालाई अर्पण गर्छन्। यसका साथै पर्वको संकल्प पनि गर्छन्। यसै सप्तमी तिथिको उत्तरार्धमा (राति, करिब ३ बजेतिर) ब्रतालु महिलाले ओठघन (ब्रत सुरु गर्नुपूर्व खाने दर¬) खाने गर्छन्। अष्टमी तिथिको आरम्भसँगै (मंगलबार बिहान देखि) उपवास सुरु हुन्छ। उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ। नवमी तिथिको आगमन भएपछि (बुधबार साँझ ५ बजेपछि) पूजापाठ गरेर ‘पारन’ गरेर अर्थात् ३७ घण्टापछि मात्र जितिया पर्वको समापन हुन्छ। हरेक भित्तेपात्रो, पञ्चांगमा सप्तमी, अष्टमी, नवमी उल्लेख हुन्छ। तिथि सुरु तथा अन्त्य पनि उल्लेख हुन्छ, तर जितिया उल्लेख गर्न सकिएको छैन।

नेपालमा जितिया मधेसी समुदायअन्तर्गतका यादव, तेली, कोइरी, ब्राह्मण, चमार, मुसहर, झागडलगायत ४६ वटाभन्दा बढी जातहरूका साथै थारु, राजवंशी, खवासहरूले पनि मनाउँदै आएका छन्। २०७८ को जनगणनाअनुसार जितिया मनाउनेहरूको जनसंख्या कुल जनसंख्याको करिब २६ दशमलव ६५ प्रतिशत अर्थात् ७७ लाख ७० हजारभन्दा बढिरहेका छन्। यतिका धेरै जनसंख्याले मनाउने जितियालाई नेपालका राष्ट्रिय चाडहरूमा उल्लेख गरिँदैन। पात्रो छ, तिथि मिति हुन्छ तर जितिया खोज्न मिथिला पात्रो हेर्नुपर्ने बाध्यता कहिलेसम्म रहन्छ ?

(डा. साह तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.