सरुवाघारी फाँडेर जैविक ताल
नवलपुर : तीन दशकअघि हात्ती डुबाउने ताल नारायणी नदीको उत्तरी भंगालो र बौलाहा खोलाको बाढीले शनिश्चरे ताल पुरियो। सिमसार क्षेत्रसहित ताल पुरिएर सरुवाघारीमा परिणत बन्यो। ताल पुरिँदा वन्यजन्तुमा असर देखियो। नवलपुरको दिव्यपुरीमा रहेको शनिश्चरे ताललाई पुरानै अवस्थामा फर्काउन लागिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको सिसवार मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत दिब्यमध्यवर्ती सामुदायिक वन क्षेत्रमा सरुवाघारी र काँसघारी सफा गरेर ताल बनाइएको छ। ६ वर्ष अघिदेखि ताल निमार्णको काम थालिएको थियो। अहिले सात बिघामा फैलिएको जैविक ताल ३१ बिघामा बनाइँदै छ। मध्यवर्ती ताल सुक्दै गएपछि स्थानियले ताल संरक्षण सुरु गरेका हुन्।
साँझपख सुर्यास्तको मनोरम दृश्य देखिन्छ। तालको छेवैमा मध्यवर्ती वनको रमणीय पार्क छ। यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित अभियान थालिएको हो। ठूलो क्षेत्रफलमा ताल छ। तालमा चराहरूको आकर्षण बढेको छ। साइवेरियन चरा, मयूर, सारसको वासस्थान बनेको छ। यसलाई चराको अध्ययन र अवलोकनको चलो बनाउन खोजिएको छ। वन्यजन्तुका लागि पानी स्रोत जुटाउन पनि ताल उपयोगी हुने बताइएको छ। जैविक विविधताको संरक्षण गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउन लागेको सिसुवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष एनबी पाण्डेले बताए।
उनका अनुसार पर्यापर्यटनको माध्यमबाट जीविकोपार्जनमा सहयोग गरेर स्थानियलाई संरक्षणमा सहभागी गराउन खोजिएको छ। ‘सलवायु परिवर्तनको असरले ताल सुक्नथालेपछि पुरानो ताललाई उत्खनन् गरेका हौं,’ पाण्डेले भने, ‘अहिले सात विघाहामा पु¥याएका छौं। यलसलाई ३१ बिघामा फैलाउने योजना छ। दुइटा आवासीय मचान, तालको बीचमा मन्दिर, संग्रहालय र पार्क बनाएर पर्यटकीय गतिविधि बढाइन्छ। नेपाल सरकारलाई घच्घचाएर भए पनि काम सफल पार्ने लक्ष्यमा लागेका छौं ।’
पाण्डे सिसुवार पर्यटन विकास समितिको अध्यक्ष हुँदा पाण्डेले ६ वर्ष अघि ताल संरक्षणको योजना अघि सारेका हुन्। पर्यटकीय केन्द्रको अवधारणा सहित ताल बनाइएको छ। त्यसक्षेत्रमा सात वर्षदेखि जिप सफारी सुरु भएको छ। त्यस क्षेत्रमा पर्यटकको आगमन वृद्धि गराउन संरक्षणकर्मी लागेका छन्। सिसवार पर्यटन विकास समितिका अध्यक्ष मनहरी पौडेलले भने, ‘चराचुरुंगी, वन्यजत्नु सहजै देख्न पाइने हुँदा यो अत्यन्तै संभावना भएको ठाउँ हो।’
शनिश्चरे तालको बीचमा मन्दिर र छेवैमा मचान निमार्ण गर्ने योजना छ। स्थानीयको जीविकोपार्जनका लागि सामूहिक माछापालन सुरु गरिएको छ। पर्यटकको लागी तालमा डुंगा सयरको व्यवस्था गर्न लागिएको छ। ताल संरक्षणले संरक्षणकर्मी खुसी छन्। पर्यटनसँगै वन्यजत्नु संरक्षणमा टेवा पुग्ने संरक्षणकर्मी ढुण्डीराज केसीले बताए। ‘तालको पुनर्निर्माणले पुनर्निर्माणले संरक्षणसँगै स्थानियको जीविकोपार्जनका लागि काम अघि बढेको छ। संरक्षणलाई पर्यटनसँग जोडिदा स्थानीय उत्साहित छन्,’ केसीले भने, ‘मानव वन्यजत्नु द्धन्द्ध न्यूनिकरण गरेर सबैका लागि ताल उपयोगी हुने ठानेका छौं।’
पूर्वपश्चिम राजमार्गको केउरेनीबाट दुई किलोमिटर दक्षिणमा ताल छ। संघीय सरकार सरकारबाट २० लाख रुपैयाँको सहयोग र गण्डकी प्रदेश सरकारको ४४ लाख रुपैयाँ लागतमा ताल फर्काइएको हो। गण्डकी प्रदेश सरकारको पर्यटनको ११ गन्तव्यमा समेत सूचीकृत भएको छ।