बाढीले वितण्डा मच्चाएको खोलामा वनमन्त्रीको निरीक्षण

बाढीले वितण्डा मच्चाएको खोलामा वनमन्त्रीको निरीक्षण

ढल्केवर(धनुषा) : बाढीले वितण्डा मच्चाएको खोलाको मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले स्थलगत निरीक्षण गरेका छन्। शनिबार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुखसहितका प्राविधिक टोलीलाई लिएर मन्त्री साहले धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित बसही खोलाको निरीक्षण गरेका हुन्।

गत साता परेको अविरल वर्षासँगै आएको बाढीले श्रीपुर गाउँका मात्रै करिब दुई विघा जग्गा कटान गरेको हो। त्यहाँका किसानले उब्जाउने खेतीयोग्य जग्गा अहिले खोला बनेको छ।

निरीक्षणका क्रममा मन्त्री साहसहितका टोलीले पीडित किसानको गुनासाहरू सुनेका थिए। किसानहरूले खेतीयोग्य जमिन कटान गरेपछिको पीडा मन्त्री साहलाई सुनाएका थिए। वडाध्यक्ष रामचन्द्र महतोले पनि बसही खोला र किसानको वस्तुगत स्थितिको विषयमा ब्रिफिङ गरेका थिए।

स्थलगत निरीक्षणपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री साहले किसानको जमिन रक्षा गर्न आफू र प्रदेश सरकार पनि गम्भीर रहेको उल्लेख गरे। उनले नदी नियन्त्रणका उपायका विषयमा चाँडै छलफल गरेर योजनाबद्ध तरिकाले काम गर्ने तयारीका लागि नै स्थलगत निरीक्षण गरेको उनको भनाइ थियो।

निरीक्षण टोलीमा रहेका भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुख बेचन महतोले खेतीयोग्य जमिन कटान समस्याको मुख जड चुरेको अवैध दोहन रहेको बताए। अहिले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेर त्यसका विषयमा गम्भीर छलफल गरिने उनले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.