चौदण्डीगढीको वंशिलाघाटका विस्थापितको 'छानामनि दशैं'

चौदण्डीगढीको वंशिलाघाटका विस्थापितको 'छानामनि दशैं'

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका- १ वंशिलाघाटका घरबारविहीन ८ परिवारलाई नगरपालिकाले दशैं मनाउने जोहो मिलाएको छ । असोज १२ गतेको अभिरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले घरबारबिहीन भएका उनीहरूलाई तत्कालका लागि घर छाउने जस्तापाता र काँटी उपलब्ध गराएको हो ।

उदयपुर र खोटाङ्गको सीमामा पर्ने वंशिलाघाटमा सामान्य काठको घर बनाएर व्यापार व्यवसाय गर्दै आएका उनीहरूलाई नदीमा आएको बाढीले विस्थापित बनाएको थियो ।  बाढीबाट विस्थापित र पूर्ण क्षति भएका पीडित परिवारलाई ‘जहाँ अबर त्यहाँ नगर'अभियान अन्तर्गत' छानामनि दशैं मनाउन पाउने गरी सहयोग गरिएको नगरपालिकाका मेयर कालुमान लामाले बताए । 

सबैको घरमा चाँडपर्व भित्रिसकेकाले सामान्य घर बनाएर छानो छाउन नसकेका उनीहरूलाई ओत लाग्ने घरमा दशैं मनाउन् भन्ने हेतुले सहयोग गरिएको उनले बताए । ‘कोही पनि नगरबासी विस्तापित भइ घरवारविहीन भएर बस्नु पर्ने छैन्,'मेयर लामाले भने,‘जहाँ अबर त्यहाँ नगर छ,त्यसैले जनताका आधारभूत समस्या समाधान गर्न हामी तयार छौं ।'

विस्थापित परिवारका लागि उपलब्ध गराइने सामग्री मेयर लामा र प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले वडाध्यक्ष सिताराम राईलाई हस्तान्तरण गरेका छन् । विस्थापित मध्ये तीन घरपरिवारलाई ३० एमएमको रंगीन जस्तापाता प्रति घर तीन वण्डलका दरले ९ वण्डल उपलब्ध गराइएको मेयर लामाले बताए । 

त्यसैगरी ५ घर परिवारलाई २६ एमएमको सेतो जस्तापाता प्रति परिवार २ वण्डलका दरले १० वण्डल उपलब्ध गराइएको उनले बताए । केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बंशिलाघाटमै पुगेर पीडित परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.