सिमलटारबासीले झोलुङ्गे पुल पाए

सिमलटारबासीले झोलुङ्गे पुल पाए
तस्बिर : अन्नपूर्ण

उदयपुर  : वैकल्पिक स्रोतसाधन नहुँदा वर्षाको समयमा द्धार खोला वारपारमा सास्ती व्यहोरिरहेका उदयपुरको चौदण्डीगढी नगरपालिका -८ का स्थानीयले झोलुङ्गे पुल पाएका छन् । प्रदेश सरकारको सहयोगमा बेल्टार–विरेन्द्र बजारहुँदै धाप्लाङ सडकमा पर्ने सिमलटार घोरेटोमा द्धार खोला वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिएको हो । 

पुल निर्माणमा कोशी प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको नगद ३० लाख ४९ हजार ९४६ र जिन्सी एवम श्रम सहयोग वापत ३१ लाख ८२ हजार ९० रुपैयाँ लागत रहेको छ । त्यसैगरी संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यालयमार्फत जिन्सी एवम श्रम सहयोग वापत ४ लाख १९ हजार १७२ रुपैयाँ र स्थानीय श्रमदान १ लाख ३५ हजार ७३८ गरी कुल ६७ लाख ८६ हजार ९४७ रुपैयाँ लागतमा पुल निर्माण भएको हो । पुल ७० मिटर लम्बाई र १२० सेन्टीमिटर चौडाई रहेको निर्माण समितिका अध्यक्ष पार्वती राईले बताइन्।

नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जनताको न्युनमत आवश्यक परिपूर्ति गर्न स्थानीय सरकार तयार रहेको बताए । उनले भने,‘विकास एकैपटक सम्भव छैन्, जनताका आवश्यकता पहिचान गरी प्राथमिकीकरण पछि क्रमश पूरा गर्दै जाने नगरपालिकाको रणनीति रहेको छ ।'

‘विकास भएन भनेर चिन्ता लिनु पर्दैन,'मेयर लामाले भने,‘भएको स्रोतसाधन जनताकै हितमा खर्च भएका छन् र गर्दैछौं पनि तर विकास प्रतिको रुची जनतामा असिमित भएकाले भनेको र सोचे जस्तो विकास नभएपनि तुलनात्मकरुपमा धेरै भएका छन्।'

उनले आफ्नो कार्यकाल भरीमा नगर क्षेत्र भित्र सबै ठाउँमा आवश्यकता अनुसारका झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न गर्ने बताए । पिटिएयी र टिविएसयु तथा ग्रामिण वातावरण विकास केन्द्रको प्राविधिक सहयोगमा पूर्वाधार विकास कार्यालय उदयपुरले उपभोक्ता समितिमार्फत पुल निमार्ण गरेको हो ।

पुल निमार्णले सिमलटार, विरेन्द्र बजार,शिखरपुर,सिद्धिपुरलगायतका जनतालाई सहज भएको अध्यक्ष राईले बताइन्। उनले भनिन्,‘बाह्रै महिना द्धार खोलामा पानी भएपनि हिउँदमा जसोतसो आउजाउ भएकै थियो,तर वर्षाको समय यस भेगका जनताले सारै सास्ती खेप्नु परेको थियो ।‘पुल नहुँदा जोखिम मोलेर आउजाउ गर्नु पर्दथ्यो,'उनले भनिन्,‘काम नपर्दा त बाढीमा हेलिनु पर्दैन थियो,तर कतिपय अवस्थामा मान्छे विरामी हुन्छ,त्यस्तो बेला कि घरमै ज्यान गुमाउनु पर्यो कि जोखिम नै मोल्नु पर्यो ।'

‘कहिले काहीँ किनमेल गर्न बजार आयो पानी परेको हुन्न थियो,यसो अलमल गरिन्थ्यो घर फर्किदा पत्तै नपाइ शिरमा पानी परेर बाढी आइसकेको हुन्थ्यो अनी घर नै नगई आफन्तको शरणमा पुग्नुपर्ने बाध्यता थियो,' उनले भनिन् । पुल नहुँदा उच्च शिक्षा हासिल गर्न बेल्टार बजार धाउने गरेका बालबालिकासमेत प्रत्यक्ष सिकार बनेको अध्यक्ष राईले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.