जनमत पार्टीका पाँच केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

जनमत पार्टीका पाँच केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

वीरगन्ज : जनमत पार्टीका पाँच केन्द्रीय सदस्यसहित ३० जनाभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । जनमत पार्टीका केन्द्रीय सदस्यहरू शशीकपुर मियाँ, करिमा बेगम, सुधिरनाथ पाण्डे , विजय यादव र सब्बो खातुनसहित ३१ जनाले पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

बाराको सिमरास्थित अर्गानिक रिसोर्टमा शुक्रबार आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् । जनमत पार्टीका मधेस प्रदेश समिति सदस्य सन्नी द्धिवेदी, मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष औरेन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष प्रवेज अख्तर,जिल्ला सदस्य मजिद देवान,जितेन्द्र चौरसिया,सायद अली,जयकुमार मिश्र,अजिम मियाँ हवारी, सन्जय साह लगायतपनि जनमत पार्टी परित्याग गरेर जसपामा नेपालमा प्रवेश गरेका छन् ।

जसपा नेपालमा प्रवेश गरेका जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँले आफूले पार्टी परिवर्तन गरेको नभई पहिलेकै घरमा घर फर्किएको प्रतिक्रिया दिए । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष समेत रहेका मियाँले भने,‘यो कदम पार्टी प्रवेश होइन, यो घर वापसी हो। जसपा नेपालको सिद्धान्त र नीतिप्रति मेरो सधैं विश्वास थियो, र म यहाँ फर्किनु मेरो स्वाभाविक निर्णय हो।’

कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले भने,‘ पार्टी प्रवेशले जसपा नेपालको राजनीतिक शक्तिलाई थप सुदृढ बनाउनेछ। हामी मधेसी जनताको अधिकारका लागि लडिरहेका छौं, र यो कदमले हाम्रो संघर्षलाई नयाँ ऊर्जा दिनेछ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.