ट्रम्पको र्यालीबाहिर हतियारसहित एक व्यक्ति पक्राउ, हत्या प्रयासको आशंका
नक्कली पास लिएर प्रवेश गर्न खोज्दै थिए

वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि हत्या प्रयासको आशंका गरिएको छ । सीएनएनका अनुसार ट्रम्पले शनिबार अक्टोबर १२ मा क्यालिफोर्नियाको कोचेलामा एक र्यालीलाई सम्बोधन गर्दै थिए। यसैबीच सुरक्षाकर्मीले एक हतियारधारीलाई पक्राउ गरेको थियो।
प्रहरीले संदिग्धको गाडीबाट एक थान भरुवा बन्दुक, एक थान ह्यान्डगन र १ थान उच्च क्षमताको म्यागजिन बरामद गरेको सञ्चारमाध्यममा उल्लेख छ । उनीसँग नक्कली प्रेस र भिआईपी पासहरू पनि रहेकोले शंका उत्पन्न गरेको जनाइएको छ।
४९ वर्षीय अभियुक्तको नाम वेम मिलर रहेको प्रहरीले आइतबार जनाएको छ । संदिग्ध मिलरलाई दुई हतियार राखेको आरोप लगाइएको छ। ५ हजार डलर तिरेपछि रिहा गरिएको छ। उनलाई २ जनवरी २०२५ मा अदालतमा पेश गरिनेछ।
तीन महिना अघि पेन्सिलभेनियाको बटलर शहरमा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो। त्यस्तै सेप्टेम्बर १६ मा पनि ट्रम्पमाथि घातक हमला गर्ने प्रयास गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
