बाढी–पहिरो : साढे ७ अर्बको अनुमानमा पौने ४ अर्बको बिमा दाबी

बाढी–पहिरो : साढे ७ अर्बको अनुमानमा पौने ४ अर्बको बिमा दाबी

काठमाडौं : गत असोज १० र ११ गते आएको बाढी र पहिरोका कारण ७ अर्ब ४० करोड बराबरको बिमा दाबी पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बिमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कुल बिमा दाबी पर्न सक्ने संख्या २ हजार ५ सय ७६ छ। अविरल वर्षापछिको बाढी र पहिरोका कारण करिब १७ अर्ब रुपैयाँ क्षति भएको सरकारको प्रारम्भिक अनुमान रहेको छ।

प्राधिकरणका अनुसार ३ अर्ब ८१ करोड रुपैयाँकोे दाबी परिसकेको छ। कुल १८ बिमा कम्पनीमा १ हजार ३ सय ७४ संख्यामा यो रकम बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। जसमा सबैभन्दा बढी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ दाबी परेको छ।

सबैभन्दा कम भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको २ लाख ६० हजार रुपैयाँ दाबी परेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रारम्भिक दाबी पर्न सक्ने अनुमान १ अर्ब ९३ करोड रुपैयाँ भए पनि अहिलेसम्म दाबी नपरेको प्राधिकरणको तथ्यांकमा रहेको छ। अहिलेसम्म ७८ लाख ६५ हजारको भने दाबी भुक्तानी भएको जनाइएको छ।

बिमा कम्पनीमा दाबी परेको रकममध्ये सबैभन्दा बढी सम्पत्ति शीर्षकमा छ। प्राधिकरणको तथ्यांकअनुसार सम्पत्ति बिमामा करिब २ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। सबैभन्दा कम दाबी भने विविध शीर्षकमा रहेको छ। यसमा ५१ लाख ९५ हजार रुपैयाँको दाबी परेको प्राधिकरण बताउँछ। अन्य दाबी परेका बिमा शीर्षकहरूमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम, कृषि बालि, पशुपन्छि, निजी मोटर, सरकारी मोटर र सामुद्रिक बिमा रहेका छन्। यिनमा क्रमशः ९६ करोड ८१ लाख, ९५ लाख ६० हजार, ६३ लाख ३३ हजार, १० करोड ९६ लाख, ५ करोड ८२ लाख र ८४ लाख ९ हजार दाबी परेको प्राधिकरणको तथ्यांक छ।null

७ प्रदेशका ५३ जिल्लाबाट दाबी पर्न सक्ने अनुमान गरिएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी दाबी पर्न सक्ने भनेर बागमती प्रदेशलाई देखाइएको छ। यस प्रदेशका १३ जिल्लाबाट २ हजार २ सय ६५ दाबी पर्न सक्ने भनिएको छ। ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी पर्न सक्ने अनुमान गरिएकोमा अहिलेसम्म १ हजार १ सय ५४ वटाको ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको दाबी परेको छ। दोस्रोमा कोशी प्रदेशको २४ करोड १९ लाख बराबरको दाबी पर्न सक्ने अनुमानमा ८ करोड ५८ लाखको रुपैयाँ परेको छ।

यसैगरी, मधेस प्रदेशको ८ करोड ९२ लाख दाबी पर्न सक्ने अनुमान ५ करोड १९ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ। गण्डकीको दाबी पर्न सक्ने रकम ४ करोड ४६ लाख र दाबी परेको रकम १ करोड १० लाख रुपैयाँ रहेको छ। लुम्बिनीको दाबी पर्न सक्ने ६ करोड २२ लाख र दाबी परेको ३ करोड २३ लाख रुपैयाँ रहेको छ।

बाढीले सबैभन्दा कम क्षति कर्णाली र सुदूरपश्चिममा भएको देखिन्छ। कर्णालीमा अनुमान गरेको भन्दा दोब्बरले दाबी परेको छ। यस प्रदेशमा १ लाखको अनुमान गरिएकोमा २ लाख ५० हजार रुपैयाँको दाबी परेको छ। सुदूरपश्चिममा भने २ लाखको अनुमानमा अहिलेसम्म दाबी पनि २ लाख रुपैयाँको नै परेको प्राधिकरणको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.