महिलाको अधिकार ३३ प्रतिशत, पालिका नेतृत्वमा ३.३२ मात्रै

महिलाको अधिकार ३३ प्रतिशत, पालिका नेतृत्वमा ३.३२ मात्रै

बुटवल : दलहरूको गैरजिम्मेवारका कारण स्थानीय तह (पालिका) मा महिला नेतृत्वको अवस्था निकै कमजोर छ। त्यसैले मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा यसअघि पुरुष रहेका ती पदहरूमा महिलालाई उम्मेदवार बनाउन निर्वाचन आयोगले दलहरूलाई कडा निर्देशन दिएको छ। देशभरिमा कुल ७ सय ५३ वटा स्थानीय तह छन्। ४ सय ६० वटा गाउँपालिका, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६  नगरपालिका छन्। २०७९ को चुनावी नतिजाअनुसार ७ सय ५३ वटा स्थानीय तहमध्ये अध्यक्ष र नगरप्रमुख गरी २५ वटा पालिकामा प्रमुख पदमा मात्रै महिलाको नेतृत्व छ। यो कुल संख्याको ३ दशमलव ३२ प्रतिशत मात्र हो। नेपालको संविधान २०७२ ले राज्यका हरेक संरचनामा कम्तीमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरे पनि त्यसलाई राजनीतिक दलहरूले बेवास्ता गरेका छन्। यस्तो छ अहिले देशैभरिका स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिलाहरूको अवस्था:

यी हुन् देशभर पालिका हाँकिरहेका महिला

कोशी प्रदेश

–    विमला राई
    नगरप्रमुख, तुवाचुङ नगरपालिका, खोटाङ
–    फुलवती राजवंशी
    अध्यक्ष, गौरीगन्ज गाउँपालिका, झापा
–    मीना कार्की (बस्नेत)
    अध्यक्ष, लिखु पिके गाउँपालिका, सोलुखुम्बु
–    पवित्रादेवी महतारा (प्रसाईं)
    नगरप्रमुख, बिर्तामोड नगरपालिका, झापा
–    राजमती इङ्नाम
    अध्यक्ष, कानेपोखरी गाउँपालिका, मोरङ
–    अरुणादेवी राई
    अध्यक्ष, जन्तेढुंगा गाउँपालिका, खोटाङ

बागमती प्रदेश
–    रेनु दाहाल
    नगरप्रमुख, भरतपुर महानगरपालिका, चितवन
–    दीपा बोहोरा (दाहाल)
    अध्यक्ष, सुनकोशी गाउँपालिका, सिन्धुली
–    रेणुका चौलागाईं
    अध्यक्ष, चौंरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक
–    ताराकुमारी काजी महतो
    नगरप्रमुख, माडी नगरपालिका, चितवन
–    पार्वती सुनुवार
    अध्यक्ष, फिक्कल गाउँपालिका, सिन्धुली
–    मीनाकुमारी लामा
    नगरप्रमुख, हेटौंडा उपमहानगरपालिका, मकवानपुर

मधेस प्रदेश
–    गीता चौधरी
    नगरप्रमुख, सुरुंगा नगरपालिका, सप्तरी
–    कल्पना कुमारी कटुवाल
    नगरप्रमुख, बरहथवा नगरपालिका, सर्लाही
–    रीनाकुमारी साह
    नगरप्रमुख, मौलापुर नगरपालिका, रौतहट
–    कौशल्या देवी
    नगरप्रमुख, ईशनाथ नगरपालिका, रौतहट

गण्डकी प्रदेश
–    लक्ष्मी पाण्डे
    अध्यक्ष, हुप्सेकोट गाउँपालिका, नवलपरासी (ब.सु.पूर्व)
–    गण्डकी थापा अधिकारी
    अध्यक्ष, बडिगाड गाउँपालिका, बागलुङ
–    हीरादेवी शर्मा
    अध्यक्ष, मोदी गाउँपालिका, पर्वत

लुम्बिनी प्रदेश
–    विमला अर्याल
    नगरप्रमुख, सुनवल नगरपालिका, नवलपरासी (ब.सु.प)
–    सरस्वती दर्लामी चिदी
    अध्यक्ष, बगनासकाली गाउँपालिका, पाल्पा

कर्णाली प्रदेश
–    रीताकुमारी शाही
    अध्यक्ष, भैरवी गाउँपालिका, दैलेख
–    मोहनमाया ढकाल (भण्डारी)
    नगरप्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

सुदूरपश्चिम प्रदेश
–    सुशीला शाही
    नगरप्रमुख, लम्कीचुहा नगरपालिका, कैलाली
–    अम्बिका चलाउने
    पञ्चदेवल विनायक नगरपालिका, अछाम
स्रोत : गाउँपालिका र नगरपालिका राष्ट्रिय महासंघ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.