बालिका जबरजस्ती करणी गर्ने युवक प्रहरी फन्दामा
![बालिका जबरजस्ती करणी गर्ने युवक प्रहरी फन्दामा](https://annapurnapost.prixacdn.net/media/albums/Rape-victim_20201007051333_uDNP6llvL7_TpnXmyVgod.jpg)
स्याङ्जा : बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन्। अर्जुनचौपारी गाउँपालिका- २ का २८ वर्षीय सूर्य परियार पक्राउ परेका हुन्।
बैशाखमा एक १४ वर्षीया बालिकालाई त्रासमा पारि उनीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि परियारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
कात्तिक ७ गते परियारलाई जजकमा मुद्धा दर्तागरी जिल्ला अदालतले म्याद थप गरेको छ। अरोपित परियारमाथि प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)