प्रचण्डलाई ओलीको जवाफ : खिया लागेका हतियारले अब काम गर्दैन, झूटो प्रचार नगर्नू

प्रचण्डलाई ओलीको जवाफ : खिया लागेका हतियारले अब काम गर्दैन, झूटो प्रचार नगर्नू
फाइल तस्बिर ।

प्रधानमन्त्री ओलीले सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको बताए।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै माटामुनि लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने चेतावनी दिएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले हतियार बिसाएका मात्रै हौं भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै नेपाली समाजलाई झूटो प्रचार गरेर धम्की नदिन चेतावनी दिए।

आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले भने ‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौं भन्ने। ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन्।’

प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको धारणा राखे। उनले भने, ‘नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं, काट्छौं भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य हुँदैन।’

ओलीले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताए। उनले सामाजिक सञ्जालमा जथाभावीरुपमा प्रस्तुत हुनेहरूलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट पारे। 

सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यता संगत नभएको बताए। उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.