विदुर–म्यागङ हुँदै धादिङ जोड्ने पक्की सडक निर्माण सुरु

विदुर–म्यागङ हुँदै धादिङ जोड्ने पक्की सडक निर्माण सुरु
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुर–म्यागङ हुँदै छिमेकी धादिङ जोड्ने पक्की सडकमार्गको निर्माण सुरु भएको छ। यसले दुई पहाडी जिल्लालाई एउटै मार्गमा ल्याएको छ। 

विदुर नगरपालिका-८ स्थित राइसिंङबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदैँ छिमेकी धादिङको खनियाबाँस जोड्ने पक्की सडकको  बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसंह लामा (तामाङ) ले शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको छ। उक्त सडक अन्तर्गत हाल पहिलो चरणमा विदुर नपाको राइसिंङबाट कुल चार किलोमिटर सडक कालोपत्रेसमेत गरिने भएको छ। 

सो सडकलाई वहुवर्षिय योजना अन्तर्गत निर्माण सुरु गरिएको हो। पहिलो चरणको निर्माण गर्न कुल १४ करोड ६१ लाख रुपैयाँ विनियोजन भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री लामा तामाङबाट विदुर नपाको राइसिंङबाट हर्कपुर हुँदै म्यागङ–३ गोगनेबाट  धादिङको खनियाबाँस जोडिने छोटो दूरीको  पक्की सडकमार्ग कालोपत्रे सहितको कार्य हुने जनाइएको छ। सडकको निर्माण शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले समयमै गुणस्तरीय र पारदर्शी कार्य सम्पन्न का लागि सबै पक्षबाट आवश्यक सहयोग, समन्वय, सहजीकरण,   पहल र खबरदारी आवस्यक रहेको बताए। 

ट्रयाक खोलिएको झण्डै २० वर्षपछि सुरु भएको निर्माण कार्यले दुई जिल्लाको ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोडेर व्यापार र आयआर्जनको माध्यमसमेत हुने मुख्यमन्त्री लामाले बताए। उनले विशेषगरी कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। 

सो सडकमार्गको राईसिङबाट हर्कपुर हुँदै देउराली गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको छ। म्यागङ गाउँपालिकाको गोगने हुँदै धादिङको खनियाबाससम्म  बाँकी ६ किलोमिटर कोलोपत्रेसहित आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गर्ने मुख्यमन्त्री लामाले बताए।

पहिलो चरणको निर्माण सम्झौताअनुसार चार किलोमिटर सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ। कम्पनीले डेढ वर्ष अर्थात् १८ महिनाभित्रमा सडकको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले सो सडकमार्गले नुवाकोट र धादिङ दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने बताए। गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ। सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.