आफ्नै उम्मेद्वारलाई हराउने प्रयास भए पार्टी नै कमजोर हुन्छ : कांग्रेस नेता बस्नेत
![आफ्नै उम्मेद्वारलाई हराउने प्रयास भए पार्टी नै कमजोर हुन्छ : कांग्रेस नेता बस्नेत](https://annapurnapost.prixacdn.net/media/albums/mohan-basnet_YwWtwyfyd5_VUh4mHgiIk.jpg)
काठमाडौं : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आम निर्वाचनमा पार्टीलाई बलियो बनाउनका लागि स्थानीय तहबाटै बलियो बनेर आउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्तेले स्थानीय र प्रदेशमा पार्टीले चुनाव जिते केन्द्रमा चुनाव जित्न सहज हुने भएकाले पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउनुपर्ने बताए।
यसअघिको निर्वाचनमा स्थानीय र प्रदेश तहमा कांग्रेसले जितेका ठाउँमा संघीय चुनावमा पार्टीलाई चुनाव जित्न सहज भएको उनले बताए। बस्नेतले पार्टीको सैद्धान्तीक र बैचारिक बिचारका साथै काम गरेर देखाउन सके जनताले विश्वास गर्ने बताए । आफू निरन्तर जनताको सेवामा लागेका कारण चुनावमा पनि जनताले साथ दिने गरेको उनको भनाइ छ।
त्यस्तै उनले पार्टीमा अन्तर्घात वा आफ्नै उम्मेद्वारलाई हराउने प्रयास भए पार्टी नै कमजोर हुने जिकिर गरे । आफ्नो जिल्लामा सरकारले नै गर्न नसक्ने काम आफूले गरेको उनले दावी गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)