सस्तो मूल्यमा ल्यापटप दिने भन्दै साढे २७ लाख ठगी गर्ने एक जना पक्राउ

सस्तो मूल्यमा ल्यापटप दिने भन्दै साढे २७ लाख ठगी गर्ने एक जना पक्राउ
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेललाई २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ठगीमा संलग्न रहेका व्यक्तिमध्येका पौडेललाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो।

टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार पक्राउ परेका पौडेलसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिएका हुन्।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको  छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.