८ लाख बढी जरिवानाका दुई कसुरदार पक्राउ
उदयपुर : आठ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकिएका दुई कसुरदारलाई शुक्रबार उदयपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले अलग–अलग मुद्दामा २ वर्ष कैद र आठ लाख ६८ हजार ६४५ रुपैयाँ जरिवाना तोकिएका उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१२ का ५४ वर्षीय वालशेर राई र त्रियुगा-५ खारखोलाका ६७ वर्षीय तेजबहादुर रानामगर रहेको डीएसपी राजन चापागाईंले बताए। राईलाई उच्च अदालत विराटनगरले २०७९ चैत ३ गते लेनदेन मुद्दामा दुई वर्ष कैद पाँच लाख जरिवानाको फैसला सुनाएको उनले बताए।