मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ- ऋणमा बीआरआई कार्यान्वयन हुँदैन

मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ- ऋणमा बीआरआई कार्यान्वयन हुँदैन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऋणमा बीआरआई परियोजना कार्यान्वयन नहुने आश्वास्त पारेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईको विषयमा कुरा उठेपछि उनले ऋणमा उक्त परियोजना कार्यान्वयन नगर्ने मन्त्रीहरूलाई आश्वस्त बनाएका हुन्।

बीआरआई परियोजना कार्यान्वयनको विषयलाई लिएर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद हुँदै आएको छ। यही विषयलाई लिएर मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले चासो देखाएपछि प्रधानमन्त्रीले आश्वस्त पार्न खोजेको स्रोतले बताएको छ। 

'बीआरआईको विषयमा सत्तारूढ दलबीच नै फाटो ल्याउन हो कि भन्ने चिन्ता मन्त्रिपरिषद् बैठकमा उठेपछि ऋणमा उक्त परियोजना कार्यान्वयन नगर्ने भन्दै प्रधानमन्त्रीले मन्त्रीहरूलाई आश्वस्त पार्नुभएको थियो,' स्रोतले अन्नपूर्णसँग भन्यो। 

कांग्रेसले पनि बीआरआई ऋणमा नस्विकार्ने अडान लिँदै आएको छ। मंगलबार र बुधबार भएको बैठकमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई ऋणमा बीआरआई स्वीकार्न नसकिने बताएका थिए। बरु बीआरआई परियजना अनुदानमा ल्याए स्वीकार्ने देउवाको भनाइ थियो।

मन्त्रिरिषद् बैठकमा कांग्रेसका मन्त्रीहरूले चिनियाँ ऋणको जालोमा पर्न नहुने भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पोखरा विमानस्थलको ऋण नै नेपालका लागि बोझ भएको बताएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा कुरा उठे पनि ठोस निर्णय भने केही भएन। अर्को मन्त्रिपरिषद् बैठकले चीन भ्रमण र बीआरआई परियोजनाबारे निर्णय हुनेछ। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदैछन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.