मनकामना केबुलकार २७औं वर्षमा

मनकामना केबुलकार २७औं वर्षमा
फाइल तस्बिर।

काठमाडौं : मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा शुभारम्भको २६औं वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको छ।

२६औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गरेको छ।  

केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ। २६ वर्ष पुगिसकेको यो एनालग प्रविधिको केबुलकार सिस्टमलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ। साथै मनकामनामा केबलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ। यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ। रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्त्वका साथ गन्तव्य बनाउने कम्पनीको लक्ष्य छ। सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ। हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको छ। यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य रहेको छ। 

केबुलकारलाई यहाँसम्म पुर्‍याउन मद्दत गर्ने सम्पूर्ण यात्रुजन, सहिद लखन गाउँपालिका तथा इच्छाकामना गाउँपालिका तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कम्पनीले हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.