काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौं, तीनै तह मिलेर काम गरौं : उपप्रधानमन्त्री सिंह

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौं, तीनै तह मिलेर काम गरौं : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगर्न आग्रह गरेका छन्। आइतबार सहरी विकास मन्त्रालयमा भएको फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उनले उपत्यकामा देखिएको चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन लागि विभिन्न विकल्पका बारेमा अघि बढ्न सकिने उल्लेख गरे। फोहोरको समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ। 

null

बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय समेत गरेको छ। उच्चस्तरीय समिति २०७८ साल फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको थियो।

बैठकमा ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। उनले फोहोर व्यवस्थापनका लागि महानगरले पहल गरेपनि विभिन्न समस्या देखिने गरेको धारणा राखे।

मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाका फोहोर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिने र स्थानीय माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएको बताए।

त्यस्तै फोहोर ओसार्नका लागि वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहोर उपत्यकामै विसर्जन गरी मल बनाउने लगायत विषयमा निर्णय भएको उनले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.