पानीजहाज निर्माण क्षेत्रमा उत्तीर्ण भएकालाई न्यून संख्यामा समावेश गरेको भन्दै ईपीएस शाखालाई ज्ञापनपत्र
![पानीजहाज निर्माण क्षेत्रमा उत्तीर्ण भएकालाई न्यून संख्यामा समावेश गरेको भन्दै ईपीएस शाखालाई ज्ञापनपत्र](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_fP5DC80IHk_gR99pdP7D8.jpg)
काठमाडौं : पानीजहाज निर्माण क्षेत्रमा उत्तीर्ण भएकालाई न्यून संख्यामा मात्र समावेश गरेको भन्दै ईपीएस शाखामा ज्ञापनपत्र बुझाइएको छ। गत वर्ष पानी जहाज निर्माण क्षेत्रका लागि सञ्चालन गरिएको परीक्षामा उत्तीर्ण भएकामध्ये ५ सयको मात्र जारी भएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। उनीहरूले नौ बुँदे माग राखेर सोमबार ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा जारी प्रक्रियालाई तीव्रता दिनुपर्ने, हालसम्म जारी भएकाको एकिन तथ्यांक सार्वजनिक गर्नुपर्ने, पानी जहाज क्षेत्रमा जनशक्ति आवश्यक नभए अर्को सेक्टरमा रोस्टर परिवर्तन गर्नुपर्ने लगाायतका माग समावेश गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘४ हजार विद्यार्थीहरूमध्ये लगभग ५०० जना जारी प्रक्रियामा समावेश भएतापनि बाँकी ३५०० जना कहिले जारी प्रक्रियामा समावेश हुन सकिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा छन्। सोही गति हेर्ने हो थप ५०० गरी २ वर्षमा १००० जना बाहेक जारी प्रक्रियामा समावेश हुन नसकिने र बाँकी रहेका ३००० विद्यार्थीहरूको भविष्य अन्धकार र खाल्डोमा परिरहेको देखिन्छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)