धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ
काठमाडौं : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्।
मंगलबार साँझ सिंहदरवारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। श्रेष्ठलाई सपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुला प्रतिष्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पुँजी बजारमा रहेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे। अध्यक्ष चयन भएसँगै बोर्डले गतिशिल ढंगले काम गर्ने उनले बताए।
सपथपछि श्रेष्ठले पुँजी बजारलाई चलाएमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरूको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताए। श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। मुक्ति प्रतिस्पर्धाका आधारमा उनलाई चार वर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो।