महिला विश्वकपका लागि आईसीसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदानको निरीक्षण

महिला विश्वकपका लागि आईसीसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदानको निरीक्षण
फाइल तस्बिर ।

कास्की : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको निरीक्षण गरेका छन् । आईसीसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान मंगलबार निरीक्षण गरेको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको टोलीमा आईसीसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम थिए।

आईसीसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहेपनि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिबद्धता खोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । 

उनले भने, ‘पोखरा महिला विश्वकप क्रिकेटका लागि योग्य रहेपनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ । खेल पूर्वाधार निर्माण गर्न सकेमा पोखरामा विश्वकप सम्भव हुन्छ भन्नुभएको छ ।’  

टोलीसँगको भेटमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारको तर्फबाट सहयोग गर्ने बताए ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.