विश्वकपमा नेपालले मलेसियालाई हरायो

काठमाडौं : आइसीसी महिला यु-१९ विश्वकपमा नेपालले मलेसियालाई पराजित गरेको छ। शुक्रबार मलेसियामा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो।
नेपालका लागि कप्तान पूजा महतोले अलराउन्डर प्रदर्शन गरेकी थिइन्। उनले अविजित २३ रन बनाएर नेपाललाई जित दिलाउन सफल भएकी थिइन्।
नेपालका लागि पूजाले ४ र रचना चौधरीले ३ विकेट लिए। त्यस्तै रिया शर्मा र सीमा केसी १-१ विकेट लिए। नेपाल यसअघि नै समूहचरणबाट बाहिरिसकेको छ। यसअघि नेपाल बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !
