इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री

इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गरेको बताएका छन्।  बुधबार २१ औं राष्ट्रिय ज्यापु  दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले  नेवारी संस्कृति,नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र पहिचान भएको बताए।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताए। उनले सबै मिलेर नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए। 'नेवारी संस्कृति अरु संस्कृतिभन्दा फरक छ। नेवारी संस्कार, नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र विशेषता छ। आफ्नै पहिचान छ, आफ्नोपन छ। जुन कुरा यहाँहरूले कायम गर्दै आउनु भएको छ,'उनले भने,' मैले विश्वास लिएको छु हामी सबै मिलेर यस्ता संस्कृतिहरूको संरक्षण गर्नुपर्छ। यिनलाई जोगाउनुपर्छ। उत्थान गर्नुपर्छ। '

प्रधानमन्त्री ओलीले इतिहास बोकेको नेवार संस्कृतिलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याए। उनले भने,'नेवारी संस्कृति अरुभन्दा उच्च छ, पृथक छ। सबै मिलेर यसको जगेर्ना गर्नुपर्छ।'

उनले ज्यापु समुदायले राखेका मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने बचन दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.