गप्टेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

गप्टेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगरले जनकपुरलाई १२८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १२७ रन बनाउँदै १९ ओभरमा अलआउट भएको हो। 

विराटनगरका लागि मार्टिन गप्टेलले सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। उनले ३६ बलमा ७ चौका र १ छक्का सहित अर्धशतक पूरा गरेका हुन्। उनले १३ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए।

उनीबाहेक अकिव इलियासले मात्रै दोहोरो अंकमा रन बनाए। उनले १८ बलमा १ चौका सहित १५ रन बनाएर एलबीडब्ल्यु आउट भए। उनलाई मोहम्मद मोसिनले एलबीडब्ल्यु आउट गरे। 

विराटनगरले पावरप्लेमा एक विकेट गुमाउँदै ३८ रन बनाएको थियो। ओपनर लोकेश बमले ५ रन बनाएर ललित राजवंशीको बलमा बोल्ड आउट भएका थिए। 

दोस्रो विकेटका रुपमा विराटनगरले अकिव इलियासलाई गुमायो। तेस्रो विकेटको रुपमा विराटनगरले निकोलस क्रिटोनलाई हर्ष थाकरले बोल्ड गरे। उनी १३ बलमा ९ रन हानेर पेभेलियन फर्किए। 

चौथो विकेटका रुपमा हर्ष थाकरले महँगो विकेट निकाले। जसमा उनले मार्टिन गप्टेललाई अनिल शाहको हातबाट क्याच आउट गराए। उनले ४३ बलमा ७ चौका र १ छक्का सहित ५५ रन बनाए। 

पाँचौं विकेटका रुपमा विकेटका लागि हर्ष थाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाले स्टम्पिङ आउट गरेका हुन्। १६.१ ओभरमा छटौं विकेटमा विराटनगरले प्रतिश जिशीलाई गुमायो। ललितको बलमा प्रतिश बोल्ड भए।

१६.३ ओभरमा पुन ललितको जादु चल्यो। सातौं विकेटमा बसिर अहमद ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट भए। आठौं विकेट १७.३ ओभरमा सन्दीप लामिछाने किशोर महतोको बलमा अरनिको यादवको हातबाट क्याच आउट गराए। नवौं विकेट १७.४ ओभरमा जितेन्द्र मुखिया गोल्डेन डक भए। नवौं विकेट गुमाउँदा विराटनगर ११२ रनमा सिमित रहेको थियो। 

अन्तिम विकेटका लागि अनिल खरेल र क्रिस सोलले १५ रनको साझेदारी गरे। विराटनगरका लागि अन्तिम विकेट १९औं ओभरको अन्तिम बलमा बेन माइकले क्रिस सोललाई मोहम्मद मोसिनको हातबाट क्याच आउट गराए।  जनकपुरका लागि ललित राजवंशी ३, हर्ष थाकर र किशोर महतोले समान २/२ र मोहम्मद मोसिन र बेन माइकले १/१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.