सुनसहित पक्राउ परेका उज्वेकीको नेपाल कनेक्सन खोज्दै प्रहरी

१२औं पटकमा परे प्रहरी फन्दामा

सुनसहित पक्राउ परेका उज्वेकीको नेपाल कनेक्सन खोज्दै प्रहरी

काठमाडौं : सुनसहित पक्राउ परेका चार उज्वेकिस्तानीमध्ये एकजना ११ पटक नेपाल आएको अनुसन्धानले देखाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ४१ वर्षीय तुरसुनोभ सारदोर यसअघि ११ पटक नेपाल आएको देखिएको हो। ती व्यक्तिको नेपाल 'कनेक्सन'बारे थप अनुसन्धान सुरू भएको प्रहरीले बताएको छ। 

अध्यागमन स्रोतका अनुसार पक्राउ परेका तुरसुनोभ यसअघि ११ पटक नेपाल आइसकेका छन्। यसपटक उनले सुन ल्याउन अन्य तीन जना उज्वेकितानी महिलालाई प्रयोग गरेको खुलेको हो। ती महिलाले सुन आफ्नो नभएको र तुरसुनोभले भनेअनुसार आफूहरूले ल्याएको प्रहरीलाई बयान दिएका छन्। पक्राउ पर्नेमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा र ५४ वर्षीया मारिफालिभा दिलफुजा रहेका छन्। 

तुरसुनोभले ती महिलालाई स्कटिङ गर्दै काठमाडौंसम्म ल्याएका थिए। फ्लाई दुबईबाट काठमाडौं ओर्लिएलगत्तै उनीहरू सरासर अध्यागमनको आगमन कक्षतिर प्रवेश गरे। आगमन अनुमति लिएपछि उनीहरू थप जाँचका लागि सशस्त्र प्रहरी बसेको कक्षतिर झरे। सशस्त्र प्रहरीले यात्रुको जुत्ता, ब्याग र शरीरसमेत स्क्रिनिङ गर्छ। उनीहरू सुरक्षा जाँच सकेर बाहिर निस्किने क्रममा शंकास्पद गतिविधि देखेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए। सोही क्रममा उनीहरूको साथबाट सुन बरामद भएको थियो। जाँचमा सशस्त्रले तिनीहरूसँग सुन छ भन्ने सुइँको नपाएका हुन् वा अन्यथा भएको हो थप अनुसन्धान हुन बाँकी छ।

सशस्त्रले तिनीहरूसँग सुन छ भन्ने सुइँको नपाएका हुन् वा अन्यथा भएको हो थप अनुसन्धान हुन बाँकी छ।

स्रोतका अनुसार सशस्त्रको जाँचपछि उनीहरू आफ्नो लगेज लिएर बाहिर निस्किँदै थिए। त्यसबेला भन्सारका कर्मचारीले समेत उनीहरूमाथि चेकजाँच गरेको थियो। भन्सारको कर्मचारीले समेत उनीहरूको साथबाट केही भेट्टाएनन्। जब उनीहरू विमानस्थलबाट बाहिर निस्किँदै थिए उनीहरूले अस्वाभाविक व्यवहार देखाएपछि प्रहरीले पिछा गरेको थियो। थप अस्वाभाविक हर्कत गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

शरीर खानतलासी गर्दा उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भयो। अनुसन्धानका क्रममा उनीहरूले मलद्वारभित्र सुन लुकाएर ल्याएको खुलासा भएको छ। बरामद सुन जोख्दा ३ किलो ७४५ ग्राम रहेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए। एसएसपी राठोरले अन्नपूर्णसँग भने, 'हामी पनि अनुसन्धान गरिरहेका छौं। उनीहरूलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा पठाएका छौं।' 

अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपछि पटक-पटक सुन बरामद हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई विमानस्थल भन्सारको जिम्मा दिएको थियो। एकैपटक ठूलो परिणाममा सुन भेटिएपछि सशस्त्र प्रहरीको सुरक्षामाथि पनि प्रश्न उठेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.