गोवाका मन्त्रीले पशुपतिमा सुन दान गर्न चाहनु भएको छ : पर्यटनमन्त्री

गोवाका मन्त्रीले पशुपतिमा सुन दान गर्न चाहनु भएको छ : पर्यटनमन्त्री
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताएका छन्।

धार्मिक,सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए । धार्मिक भाव र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो ।

'पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्,यस्तो भाव हुनेहरूले जताततै फोहोर गर्नु भएन,आफूले गरेको फोहोर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ,आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन,हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ,'उनले भने।

पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए। 'सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माण गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ,गोवाका मन्त्रीले नै सुनदान गर्न चाहनुभएको छ,पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ,'कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.