निकै कठिन विकेट थियो, ब्याटिङ गर्न सहज थिएन : मार्टिन गप्टेल

निकै कठिन विकेट थियो, ब्याटिङ गर्न सहज थिएन : मार्टिन गप्टेल
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको पहिलो खेलमा विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो। 

विराटनगर १९ ओभरमा अलआउट हुँदा जम्मा १२७ रन बनाएको थियो। जसमा मार्टिन गप्टेलले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए। उनी पहिलो पटक नेपाल आएर खेलेका हुन्।
खेलपछि उनले ठूलो मात्राको समर्थकको अगाडि खेल्दा खुसी लागेको बताए। ‘नेपालमा निकै ठूलो स्वरमा खेल्न पाइयो। नेपालका समर्थकहरू निकै राम्रो मात्रामा आउनुभएको थियो। नेपालीले क्रिकेटलाई गरेको माया देख्दा र यहाँ खेल्न पाउँदा निकै खुसी छु,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरलाई सुरुमा ब्याटिङ गर्न सहज नभएको मार्टिनले बताए।  ‘निकै कठिन विकेट थियो। पहिलो ब्याटिङ गर्न सहज थिएन। बल सिधा आइरहेको थिएन,’ उनले भने।

ब्याटमा बल कनेक्ट नहुँदा सुरुमा खेल्न गाह्रो भएको उनले बताए। टिमले कम रनमात्र बोर्डमा जोड्दा आज केही गाह्रो भएको उनी बताउँछन्। ‘हामीले यति थोरै रन बनाउँछौं भनेर आश गरेको थिएनौं। तर, क्रिकेटमा यस्तो हुन्छ। हामी पूरै टिमले यसमा काम गरेर अर्को खेलमा हामी फर्कनेछौं।’

विकेटमा ल बाउन्स हुँदा र पिचमा बल घुम्दा केही गाह्रो भएको उनी बताउँछन्। ‘बल बाउन्स भइरहेको थियो। विदेशमा आएर खेल्दा पिचको जानकारी निकै महत्त्वपूर्ण हुन्छ। सट खेल्दा यो कुरामा ध्यान दिनुपर्छ। केही भाग्यमानी भएँ। आज केही राम्रो सटहरू पनि लाग्यो,’ उनले भने। अर्धशतकीय पारी खेलेका उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।

नेपालमा आएर पहिलो पटक खेलेका मार्टिनलाई नेपाली क्रिकेटको माया र वातावरण भने निकै मन पर्‍यो। ‘नेपालमा आएर खेल्नु मेरो लागि राम्रो अनुभव भयो। आत्मीयता महसुस भयो। टिममा पनि निकै राम्रो वातावरण छ,' उनले भने। यसभन्दा अघि नेपाली समर्थकको बारेमा नसुनेका गप्टेललाई ठूलो समर्थकको माझमा खेल्दा राम्रो लागेको बताए। ‘पहिला नेपाली समर्थकको बारेमा सुनेको थिइनँ। आज आएर देखें। समर्थक निकै ठूलो थियो। काठमाडौंमा आएर खेल्न पाउँदा निकै राम्रो लाग्यो।’ विराटनगरले आफ्नो दोस्रो खेल मंगलबार सुदुरपश्चिम रोयल्ससँग खेल्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.