झापा ११ माथि रोमाञ्जक जित निकाल्दै आयोजक बन्यो भद्रपुर झापा गोल्डकप च्याम्पियन

झापा ११ माथि रोमाञ्जक जित निकाल्दै आयोजक बन्यो भद्रपुर झापा गोल्डकप च्याम्पियन
सुन्नुहोस्

झापा : बी डिभिजन लिगको तयारी गरिरहेको झापा ११ फुटबल क्लबमाथि रोमाञ्जक जित निकाल्दै आयोजकको टिम भद्रपुर ब्लेजर्सले दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि आफ्नै पोल्टामा पारेको छ। जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएका छन्। भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्का घरेलु टोली झापा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। उपविजेतामा चित्त बुझाएका झापाले नगद ७ लाखसहित ट्रफी पाएका छन्। 

मेची रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औं मिनेटमा अग्रता लियो। डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाइ जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाए।  दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका सत्यम शर्माले गोल गर्दै टिमको जित निश्चित बनाए। अवयोमीको हेड बललाई २५ यार्डको दुरीबाट कडा प्रहार गरि शर्माले जाली चुमाएका थिए। 

दुवै टिमलाई घरेलु दर्शकको समर्थन रहेको खेलको १४ औं मिनेटमा भद्रपुरका विवेक पौडलको प्रहार क्रस बारबाट बाहिरियो। खेलको ४० औं मिनेटमा भद्रपुरका कुलदीप कार्कीको लङ प्रहारमा विदेशी खेलाडी अवयोमीको हेडलाई झापाका गोलकिपर सन्दिप लिम्बूले बचाए। 

खेलको ५२ ओै मिनेटमा  अवयोमीको पासमा मिलन राईको कडा प्रहार गोलकिपर लिम्बूले नियन्त्रणमा लिए। खेलको १८ ओै मिनेटमा झापाका रोहण कार्की चुके। खेलको २३ ओै मिनेटमा समीर तामाङको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। खेलको ४३ ओै मिनेटमा समीर तामाङले खेललाई बराबरी ल्याउने अवसर गुमाए। बबिन वोहोराको क्रस पासमा तामाङको प्रहार क्रस बारको मध्यभाग लागेर फर्कियो। खेलको ७८ ओै मिनेटमा हरिबहादुर आलेमगरले डिबक्सको लाइनबाट गरेको कडा प्रहार क्रस बारबाट बाहिरियो। 

सौर्य एअर ओम साई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका आशिष् चापागाईं भए। उनले नगद एक लाख पाँच हजारसहित टर्फी पाए। आजको खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जी भए। उनले २१ हजार पाए। उदयमान खेलाडी भद्रपुरका राजेश साह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र वेष्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए। उनीहरूले जनही २५ हजार पुरस्कारसहित टर्फी पाएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए। 

फाइनल खेलमा टिकट काटेका भाग्यशाली दर्शकहरूमध्ये भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए।  सुनको सिक्री भद्रपुरका विक्रम बराल र नगद ५० हजार भद्रपुरका राजेशकुमार गुप्ताले पाए। विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टीकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.