पराग्वेसँग बराबरी खेल्दै अस्ट्रेलिया समूह उपविजेताको रुपमा नकआउटमा
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र पराग्वेले गोलरहित बराबरी खेलेका छन् । सन फ्रान्सिस्कोमा बे एरिया स्टेडियममा भएको खेलमा कुनै पनि गोल हुन सकेन । फलस्वरूप १ जित र १ बराबरीसहित अस्ट्रेलिया ४ अङ्क जोडेर समूह ‘डी’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

अस्ट्रेलियासँग पराजित भएको पराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ । तेस्रो स्थानमा रहेका टिमहरूमध्ये शीर्ष ४ मा रहेको पराग्वेले नकआउटमा पुग्ने नपुग्ने निर्णय भने अन्य खेलहरूको नतिजामा भर पर्नेछ । तेस्रो स्थानका उत्कृष्ट आठमा पर्न सके पराग्वे नकआउट चरणमा पुग्नेछ।

अस्ट्रेलिया तेस्रो पटक नकआउट चरणमा स्थान बनाएको हो । सात पटक विश्वकप खेलेको अस्ट्रेलियाले सन् २००६ र २०२२ मा नकआउट चरणमा आफ्नो स्थान बनाएको थियो । यससँगै समूह डीको खेलहरू सकिएका छन्। समूह डीबाट अमेरिका समूह विजेताको रुपमा नकआउट खेल्ने छ । अन्तिम खेलमा भने अमेरिकाले टर्किएसँग ३–२ को हार व्यहो¥यो । टर्कीए ३ अंक लिएर घर फर्किने छ ।
प्रतिक्रिया दिनुहोस !