समूह एफको उपविजेताको रूपमा जापान नकआउटमा, स्विडेन पनि नकआउटमा

समूह एफको उपविजेताको रूपमा जापान नकआउटमा, स्विडेन पनि नकआउटमा

काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको उपविजेताको रूपमा जापानले नकआउट खेल्ने भएको छ। डालास स्टेडियममा भएको खेलमा स्विडेन र जापानले १-१ बराबरी खेल्दै अङ्क बाँड्दा तालिकामा दोस्रो हुँदै जापान उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो। 

जापानसँग बराबरी खेलेसँगै स्विडेन पनि उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट प्रवेश गरेको छ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए। खेलको ५६ औं मिनेटमा जापानका लागि दाइजेन माएदाले गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए। ६२ औँ मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि भने कुनै पनि गोल हुन सकेन। 

जापान ३ खेलमा १ जित र २ बराबरी सहित ५ अङ्क लिँदै उपविजेताको रुपमा नकआउट पुगेको हो। त्यस्तै, स्विडेन भने १ जित र १ बराबरी सहित ४अंक जोड्दै तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो। जापानले नकआउटमा ब्राजिलसँग २९ जुनमा ह्युस्टनमा खेल्नेछ। स्विडेनले भने नकआउटमा कोसँग खेल्ने भन्ने तालिका निर्धारण भइसकेको छैन।

जापान तेस्रोपटक नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो।  सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको जापानले सन् २०१८ र २०२२ मा नकआउटमा स्थान बनाएको थियो।

यसअघि आज नै भएको खेलमा नेदरल्यान्ड्सले  ट्युनिसियालाई ३-१ ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउटमा स्थान बनाएको छ। नेदरल्यान्ड्सले राउन्ड अफ ३२ मा मोरक्कोसँग खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.