एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको छ । केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसै बर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको हो ।
एनभीएलमा सगरमाथा शमशेर, मधेश वारियर्स, काठमाडौं रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । ६ टीम बाहेक सहभागी हुन इच्छुक २ वटा टीमका लागि आवदेन खुला राखिएको समेत नेपाल भलिबल लिगले जनाएको छ । त्रिपुरेश्वरस्थीत राखेप कवर्डहलमा आयोजना हुने लिगको मिति भने छिटै सार्वजनिक गरिने नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्ययले जानकारी दिए ।
समग्र नेपाली भलिवलको बिकास र विस्तारका लागि उचाईको नयाँ उडानलाई नेपाल भलिबल लिगको नारा बनाइएको उनले बताए । उनले लिगले नेपाली भलिबलको स्तरलाई थप नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले संघ नेपाली भलिबलको बिकासमा निरन्तर रहेकाले प्रतियोगिताहरुलाई प्राथमिकतामा राख्ने बताए । उनले नियम कानूनको पालना गरेर प्रतियोगिता आयोजना गरे संघ मध्यस्थकर्ता गर्न तयार रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस !