सुदूरपश्चिमले विराटनगरलाई दियो हालसम्मकै बलियो लक्ष्य

सुदूरपश्चिमले विराटनगरलाई दियो हालसम्मकै बलियो लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १८३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

यो हालसम्म भएका तीन खेलमा बनेको सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि सोमबार कर्णालीले जनकपुरलाई १४२ को लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५७ रनमा अविजित रहे। उनले २४ बलमा ३ चौका र ५ छक्का बनाउँदै अविजित अर्धशतकीय पारी खेलेका हुन्। १० ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाएको सुदूरले अन्तिम ६ ओभरमा ८५ रन बनाएको हो।

सुदूरपश्चिमका लागि दोस्रो ओभरमा नै ओपनर अमित श्रेष्ठ १ रनमै गुमायो । उनी इस्मात अलामको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए। अर्का ओपनर विनोद भण्डारी पाँचौं ओभरको चौथो बलमा अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। उनले १९ बलमा ४ चौकासहित २३ रन बनाए। 

तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले आरिफ शेखलाई गुमायो। उनले ५ बलमा २ चौका सहित ९ रनमा निकोलस क्रिटोन उत्कृष्ट क्याच लिए। बसिर अहमदको बलमा निकोलसले क्याच गरेका हुन्। पावरप्लेमा ३ विकेट गुमाएर ४३ रन बनाएको सुदूरले ११ औं ओभरको तेस्रो बलमा अनिल खरेलले सैफ जैबलाई १४ रनमा बोल्ड आउट गरेका हुन् । उनले १५ बलमा १ छक्का प्रहार गरेका हुन्। 

१३औं ओभरको चौथो बलमा अनिलले सुदूरका ब्रान्डन म्यामुलेनको विकेट लिए। उनले २६ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए। 

१५ औं ओभरको तेस्रो बलमा इशान पाण्डेले छक्का प्रहार गर्दै सुदूरपश्चिमले १०० रन पूरा गरेको हो। १७औं ओभरको पाँचौं बलमा तेस्रो रन लिने क्रममा इशान पाण्डे रन आउट भएका छन् । उनले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए। 

उनले २५ बलमा दिपेन्द्र सिंह ऐरीसाग ४९ रनको मिडलअर्डर साझेदारी गरे। ८९ रनमा ५ विकेट गुमाएको सुदूरको लागि यी दुईको साझेदारीले राम्रो लय दियो। त्यसपछि क्रिजमा आएका स्कट कुग्गलेन सोलको बलमा निकोलस क्रिकोटको हातमा बाउन्ड्रीमा क्याच आउट भए। सुदूरका लागि बसन्त खत्री ४ रनमा अविजित रहे। विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। इस्मात अलाम र वरिस अहमद र क्रिस सोलले समान १/१ विकेट लिए। 

आजको दोस्रो खेल पोखरा एभेन्जर्स र चितवन राइनोजबीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.