विराटनगरलाई पहिलो ओभरमै झट्का, मार्टिन गुप्टेल भए बोल्ड
मंसिर १८, २०८१ मंगलबार ११:२:१३
काठमाडौं : विराटनगर किंग्सलाई पहिलो ओभरमै झट्का लागेको छ। मार्टिन गुप्टेल पहिलो बलमै बोल्ड भएका छन्। उनलाई स्कट कुग्गेलेइजिनले बोल्ड गरेका हुन्।
जनकपुरविरुद्धको पहिलो खेलमा मार्टिनले ५५ रनको अर्धशतकीय पाली खेलेका थिए। सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।