कर्णालीबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन्। उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरे।
३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ए र टी-२० प्रतियोगिता खेलेका छन्। उनले अस्ट्रेलियाको यु-१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए। उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन्।
प्रतिक्रिया दिनुहोस !