काठमाडौंलाई पहिलो झट्का, शंकर राना आउट
मंसिर १९, २०८१ बुधबार ११:४:२
काठमाडौं : काठमाडौं गुर्खाजलाई पहिलो झट्का लागेको छ। ओपनर शंकर राना रनआउट भएका छन्। उनी ७ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका हुन्।
दोस्रो ओभरको चौथो बलमा दुई रन लिने क्रममा उनी रनआउट हुन पुगेका थिए। काठमाडौंले कर्णालीले दिएको १५० रनको विजय लक्ष्य पछ्याइरहेको छ।