पोखराविरुद्ध बलिङ गर्दै जनकपुर, ४ ओभरमा पोखराले बनायो २५ रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ।
टियु क्रिकेट मैदानमा बिहीबार विहान जनकपुरका कप्तान अनिल साहले बलिङ गर्ने निर्णय गरेका हुन्। यसअघि दुवै खेलमा जनकपुर विजयी भएको थियो भने पोखरा पहिलो खेलमा पराजित भएको थियो।
पोखराले ४ ओभरमा बिना विकेट क्षति २५ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !