काठमाडौंले टस जितेर सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले सुदूरलाई ब्याटिङको निम्तो दिएका हुन्। काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ५ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !