सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो। 

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि तेस्रो क्रमका ब्याटर ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५३ रन बनाए। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका हुन्। 

उनलाई ११.६ ओभरमा साहब आलमले गेरहार्ड इरास्मसको हातबाट क्याच आउट गराए। सुदूरपश्चिमले पावरप्लेमा १ विकेट गुमाउँदै ४८ रन बनाएको थियो। 

सुदूरपश्चिमले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो ओपनर सैब जैबलाई गुमाएको हो। उनलाई राशिद खानले ११ रनमा बोल्ड आउट गरेका हुन्। जैबले ९ बलमा १ चौका प्रहार गरे। त्यसपछि १० ओभरसम्म सुदूरपश्चिमले कुनै पनि विकेट गुमाएको थिएन। दोस्रो विकेटका लागि विनोद भण्डारी र ब्रान्डनले ८६ रनको उत्कृष्ट साझेदारी गरे। 

दोस्रो विकेटको रूपमा सुदुरपश्चिमले ब्रान्डन म्याकमुलेनलाई गुमायो। उनले ३६ बलमा ३ चौका र ४ छक्का सहित ५३ रन बनाए। उनलाई गेरहार्ड इरास्मसले साहब आलमको हातमा क्याच गराए। 

तेस्रो विकेट विनोद भण्डारीको गयो। १३औं ओभरको पहिलो बलमा साहब आलमले विनोदलाई ३५ रनमा एलबीडब्ल्यु आउट गरे। उनले २८ बलमा २ चौका र २ छक्का प्रहार गरे। चौथो विकेट रोहन मुस्तफाको गयो । उनले जम्मा ४ रन मात्रै हान्दै रासिद खानबाट बोल्ड भए। पाँचौं विकेटका रुपमा आरिफ शेख ३ रनमा रनआउट भए। 

स्कट कुग्गेलाइन र इशान पाण्डे क्रमशः ७ र १ रनमा अविजित रहे। काठमाडौंका लागि रासिद खानले सर्वाधिक २ विकेट लिए। करणल केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान १/१ विकेट लिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.