पावरप्लेमा काठमाडौं पछाडि, तेस्रो विकेट पनि पतन
काठमाडौं : काठमाडौं गुर्खाजले पावरप्लेमा ३८ रन पूरा गरेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो।
पहिलो विकेटका रूपमा काठमाडौंले माइकल लेभिटलाई ५ रनमै गुमायो। दोस्रो विकेटका रूपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान १/१ विकेट लिए।
यसैबीच काठमाडौंको तेस्रो विकेट पतन भएको छ। ६.३ ओभरमा काठमाडौंका भीम सार्की रनआउट भएका हुन्। उनी ८ बलमा १० रन बनाए। सुदूरपश्चिमले काठमाडौंलाई १६८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !