१० ओभरमा काठमाडौंको ७१ रन, पाँचौं विकेट पतन

१० ओभरमा काठमाडौंको ७१ रन, पाँचौं विकेट पतन
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले १० ओभरमा ७१ रन बनााएको छ। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै  ७१ रन बनाएको हो। गुर्खाजले पावरप्लेमा ३८ रन पूरा गरेको थियो।

टियु क्रिकेट मैदानमा सुदुरले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो। पहिलो विकेटका रूपमा काठमाडौंले काइकल लेभिटलाई ५ रनमै गुमायो। दोस्रो विकेटका रुपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। 

तेस्रो विकेट भिम सार्की १० रनमा रन आउट भए। चौथो विकेट गेरहार्ड इरास्मस १० रनमा नरेन साउदको बलमा एलबीडब्लु आउट भए। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन, सैफ जैब र नरेन साउदले समान १/१ विकेट लिए। 

यसैबीच काठमाडौंको पाँचौं विकेट पतन भएको छ। सुमित महर्जन १० बलमा १४ रन बनाएर आउट भएका छन्। उनले २ चौका प्रहार गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.