टस जितेर बलिङ गर्दै कर्णाली, चितवनको पहिलो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगमा टस जितेर कर्णाली याक्सले चितवन राइनोजविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। लगातार दुई पराजय व्यहोरेको कर्णालीले शुक्रबार फिल्डिङ गर्ने निर्णय गरेको हो।
चितवन भने यसअघि दुवै खेल जितेको छ। यसैबीच चितवनको पहिलो ओभरमै पहिलो विकेट पतन भएको छ। कर्णालीका सोमपाल कामीले लक बेन्केन्स्टीनको विकेट लिएका हुन्।
प्रतिक्रिया दिनुहोस !