१० ओभरमा चितवनले बनायो ५८ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा छैटौं दिनको पहिलो खेलमा कर्णाली याक्सरुद्ध चितवनले १० ओभरमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पावरप्लेमा ३ विकेट गुमाउँदै २८ रन बनाएको छ। चितवनले ओपनर लुक बेन्केन्स्टाइनलाई पहिलो ओभरको पाँचौं बलमा डक आउटको रूपमा गुमायो।
दोस्रो विकेट ३.५ ओभरमा दिपक बोहोराको गयो । उनले ८ बलमाा १ चौका सहित ८ रन बनाए। तेस्रो विकेट विकेटकिपर ब्याटर विकेट गयो। उनले उनी ५.१ ओभरमा जिसन मक्सुदबाट बोल्ड आउट भए। उनले १५ बलमा १ चौका सहित ११ रन बनाए।
९.२ ओभरमा चितवनले ३ विकेट गुमाउँदै ५० रन पूरा गरेको हो। हालः क्रिजमा रवि बोपारा २४ र कुशल मल्ल ११ रनमा खेलिरहेका छन्।
कर्णालीका लागि सोमपाल कमी, जिसन मक्सुद र नन्दन यादवले समान १/१ विकेट लिए। दुवै टिमको यो तेस्रो खेल हो। चितवनले दुई खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ।
प्रतिक्रिया दिनुहोस !