कप्तान मल्ल आउट, चितवनको छैटौं विकेट पतन
काठमाडौं : चितवन रोइनोजका कप्तान कुशल मल्ल आउट भएका छन्। उनी २३ रन बनाएर पेभेलियन फर्किएका हुन्। २७ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे। उनलाई कर्णाली याक्सका जिसन मक्सुदले गुल्शझ झाबाट क्याच कगराएका हुन्।
त्यस्तै जन निकोल लोटी इटन ९ रन र सोहिल तनवीर शून्य रनमै आउट भए। विपिन शर्माले उनीहरूको विकेट लिएका हुन्। त्यसअघि दीपक बोहोरा ८ र विपिन रावल ११ रन बनाएर आउट भएका थिए भने लक बेन्केन्स्टीन शून्यमै आउट भएका थिए।
प्रतिक्रिया दिनुहोस !