१० ओभरमा कर्णालीले पूरा गर्यो ५० रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध १० ओभरमा १ विकेटको क्षतिमा ५३ रन बनाएको छ।
चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीका दुई ओपनरले राम्रो सुरुवात दिलाएका छन्। देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रन को साझेदारी गरे। उनलाई ९.५ ओभरमा कुशल मल्लले एलबीडब्ल्यु आउट गराएका हुन्। देव खनालले ३२ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए।
कर्णालीका लागि शिखर धवन २६ र चाड्विक वाल्टन ० मा खेलिरहेका छन्। दुवै टिमको यो तेस्रो खेल हो। चितवनले दुई खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो। त्यस्तै चितवनले भने पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट र पोखरा एभेन्जर्सलार्ए ८७ रनले पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस !