पोखराले हात पार्‍यो एनपीएलकै ठूलो जित, लुम्बिनी फेरि बन्यो अभागी

पोखराले हात पार्‍यो एनपीएलकै ठूलो जित, लुम्बिनी फेरि बन्यो अभागी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

१७१ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गरेको छ। यो एनपीएलको सबैभन्दा ठूलो जित हो। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार बेहोरेको थियो।

पोखराले पावरप्लेमा ८० रन बनाएको थियो। १० ओभरको समाप्तिमा पोखराले बिना कुनै विकेटको क्षति ११५ रन बनायो। यो पहिलो विकेटका लागि एनपीएलमा भएको सबैभन्दा ठूलो साझेदारी हो।

 
पोखराका लागि एन्ड्रिज गोउसले५५ बलमा १२ चौका र ५ छक्कासहित अविजित १०४ रनको शतकीय पारी खेले। अर्का ओपनर दिनेश खरेलले ६१ रनमा अविजित पारी खेले। उनले ४६ बलमा ४ चौका र ४ छक्कासहित अविजित रहे। 

त्यसअघि ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै रन आउट भए। उनी १९.६ ओभरमा लिस्कको हातबाट रनआउट भए। लुम्बिनीले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएको थियो। १० ओभर सकिँदा थप १ विकेट गुमाउँदै थप १८ रन थपेको हो। 

पहिलो ओभरको तेस्रो बलमा ओपनर अशुतोष घिरौयालाई पहिलो विकेटका रुपमा गुमाएको लुम्बिनीले दोस्रो विकेट अर्का ओपनर उन्मुक चन्दलाई गुमायो। ६.१ ओभरमा सन्दीप जोरालाई म्याट क्रिच्लेले एलबीडब्ल्यु आउट गराए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। लुम्बिनीले ७ ओभरमा ३ विकेट गुमाई ५० रन पूरा गरेको हो। 

१३ ओभर सकिँदा लुम्बिनीले ३ विकेटको क्षतीमा १०८ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले चौथो विकेटका लागि टम मोरिससँग ११० रनको शतकीय साझेदारी गरे। टम मोरिस ३८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रनमा विकेट किपर गोउसबाट रन आउट भए। विवेक यादव २ रनमा अविजित रहे। 

पोखराका लागि बाँया हाते स्पिनर विपिन खत्रीले २ विकेट लिए। म्याट क्रिच्लेले १ विकेट लिए।  लुम्बिनीको यो दोस्रो खेल हो भने पोखराको यो तेस्रो खेल हो। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटको हार बेहोरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.